प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङ् लैजाने निर्णयको बिरोध गर्दै नेपाली काँग्रेसको उक्त निर्णय बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार नै प्रेस बिज्ञप्ती जारी गरी प्रदेश सरकारका बिरुद्ध कडा चेतावनी दिएको हो । प्रदेश सरकारले शुक्रबार मात्रै प्रदेशको राजधानी दाङ्को भालुवाङ्मा राख्ने निर्णय गर्दै प्रदेश सभामा प्रस्ताव पेश गरेको थियो ।
सरकारको उक्त निर्णय बिरुद्धका आन्दोलन तथा संघर्षका कार्यक्रममा साथ दिनकालागि समेत आम रुपमा आह्वान गरेको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले सबै हिसावले प्रदेशको राजधानीको लागि उपयुक्त ठानेर रुपन्देहीलाई प्रदेशको अस्थायी राजधानी बनाएको बताउँदै काँग्रेसले संसदीय मर्यादा विपरित हुनेगरी विपक्षि सांसदहरुसंग बिना कुनै छलफल, बहुसंख्यक जनताको भावनालाई कुल्चिएर प्रदेश सरकारले गरेको उक्त निर्णय बिरुद्ध ससक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारले नै विपक्ष दललाई आन्दोलनको निम्तो दिएकाले त्यसबाट हुने क्षतीको समेत जिम्मेवार स्वयम सरकार हुने जानकारी समेत गराईएको छ ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ र बुटवल उपमहानगरपालिकाले पनि सरकारको उक्त निर्णयको बिरोध गर्दै त्यसका बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल र बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले शुक्रबार नै संयुक्त विज्ञप्ती जारी गरि सरकारको उक्त कदम बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।