प्रदेश सार्ने प्रस्ताव बिरुद्ध काँग्रेसको बिरोध : आज मशाल जुलुश, भोली रुपन्देही बन्द आह्वान

प्रदेश सार्ने प्रस्ताव बिरुद्ध काँग्रेसको बिरोध : आज मशाल जुलुश, भोली रुपन्देही बन्द आह्वान

प्रदेश राजधानी दाङ् लैजाने प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरेपछि रुपन्देहीको राजनीतिक माहोल तातेको छ । यहाँका संघसंस्था तथा राजनीतिक दलहरुले उक्त प्रस्ताव फिर्ता गर्नकालागि प्रदेश सरकारलाई आग्रह गरिरहेका बेला नेपाली काँग्रेस रुपन्देहीले त्यसको बिरोधमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले सरकारको उक्त प्रस्तावको बिरुद्धमा जिल्लामा मशाल जुलुश प्रदर्शन, जिल्ला बन्द तथा प्रदेश सभा घेराउसम्मका कार्यक्रम तय गरिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
उक्त प्रस्तावको बिरुद्ध नेपाली काँग्रेसले आज शनिबार साँझ रुपन्देही जिल्ला भरी बिभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गर्ने र भोली आईतबार रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ ।
त्यस्तै १९ गते सोमबार बस्ने प्रदेश सभा अवरुद्ध गर्नेगरी प्रदर्शनको नेपाली काँग्रेस रुपन्देहीले तयारी गरेको छ । ‘जुनसुकै हालतमा प्रदेश राजधानी रुपन्देहीमै हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’ नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले भन्नुभयो–‘दुरीका हिसावले सेन्टर अन्यत्रै पर्ला तर भौगोलिक पूर्वाधार, यातायातको सुविधा, सुरक्षाको दृष्टिकोण, सुगमता सबै हिसावले सबैलाई पायक पर्ने भनेकै रुपन्देही हो ।’
यी सबै कुरालाई अध्ययन गरेरै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले रुपन्देहीलाई अस्थायी मुकाम तोकेकाले नेपाली काँग्रेसको भनाई रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्छ भन्ने सिंगो पार्टीको भनाई रहेको उहाँले बताउनु भयो ।

Share This
  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares