बिरोधको स्वर दवाउन दमनको नीति

बिरोधको स्वर दवाउन दमनको नीति

प्रदेश पाँच सरकारले बिरोधको स्वर दवाउनको लागि दमनको नीति लिएको छ । प्रदेशको स्थायी राजधानी दाङ् लैजाने प्रस्ताव प्रदेश सभामा गरेपछि रुपन्देहीको पक्षमा रहेकाहरुले उक्त प्रस्तावको बिरोधका कार्यक्रम तय गरेका थिए । उक्त बिरोधको कार्यक्रम नै हुन नदिने गरि प्रदेश सरकारले दमनको नीति लिएको हो ।
गत शुक्रबार बसेको प्रदेश सभा बैठकमा सरकारको तर्फबाट प्रदेशको स्थायी राजधानी दाङ् र नाम लुम्बिनी राख्ने प्रस्ताव भएको थियो । लगत्तै रुपन्देहीलाई नै स्थायी राजधानी बनाउने पर्ने पक्षकाले त्यसको बिरोध सुरु गरेका थिए भने शनिबार मात्रै नेपाली काँग्रेसले उक्त निर्णयको बिरोध गर्दै आईतबार रुपन्देही बन्द तथा सोमबार हुने प्रदेश सभा बैठक रोक्ने गरी घेराउसम्मको कार्यक्रम तय गरेको थियो ।
त्यस्तै रुपन्देही जिल्लाका व्यबसायिक संघसंस्थाहरुको संस्था सञ्जालले आईतबार बिहान ८ बजे चौराहा देखि ट्राफिकचोक सम्म बिरोध जुलुश गर्ने र सोमबार साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आह्वान सहित प्रदेश सभा घेराउ गर्ने निर्णय गरेका थिए ।


बिरोधका बाबजुध उक्त प्रस्ताव निर्णयार्थ प्रदेश सभामा प्रस्तुत गर्न असहज हुने देखेपछि प्रदेश पाँच सरकारले त्यसलाई प्रभाव पार्न नसक्ने गरी ती क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ । प्रदेश सरकारकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आईतबार बिहान ६ बजेदेखि लागु हुने गरी नै प्रेदश सभा भवन आसपास, प्रदेशका मन्त्रालय आसपास तथा मुख्यमन्त्री कार्यालय आसपासका क्षेत्रमा निशेधाज्ञा गरेको हो ।
सरकारको तर्फबाट उक्त प्रस्ताव आएपछि प्रदेशको अस्थायी राजधानी बुटवलमा त्यसको बिरोध गर्दै बिरोध प्रदर्शन गर्ने, सडकमा टायर बाल्ने तथा मशाल जुलुश प्रर्दशन गर्ने र सरकारी सवारी साधान तोडफोड तथा जलाउने सम्मका गतिबिधि भएका छन् ।
जननिर्वाचित बहुमतको सरकारले जनतासंग नै डराएर शक्तिको आड लाग्नेगरी निर्णय लिनु कदापी राम्रो होईन । बरु सरकारले त सबैलाई कन्भिन्स गरेर निर्णय गरेको भए राम्रो हुने कतिपय बुद्धिजिवीहरु बताउँन् ।
शनिबार मात्रै बसेको रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहका प्रमुम उपप्रमुखको बैठकले समेत सरकारको उक्त प्रस्तावको बिरोध गर्दै उक्त प्रस्ताव तत्कालै फिर्ता गर्न सरकारसंग माग गरेका छन् । सरकारको उक्त प्रस्तावले दाङ् आसपासकालाई भने खुसी तुल्याएको छ ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares