मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार : काँग्रेस नेताहरु प्रहरी नियन्त्रणमा

मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार : काँग्रेस नेताहरु प्रहरी नियन्त्रणमा

बुटवलमा मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको छ । कडा सुरक्षाका बिच काठमाण्डौबाट भैरहवा हुँदै बुटवल फकिर्ने क्रममा बुटवलको मिलनचोकमा ढुंगा प्रहार भएको हो । मुख्यमन्त्री माथि ढुंगा प्रहार भएपछि प्रहरीले काँग्रेस नेताहरुलाई पक्राउ गरेको छ ।
प्रदेश सभामा प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव गरेर काठमाण्डौ गएका मुख्यमन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर कोटिहवा, नयाँमिल, शंकरनगर, बुटवलको चौराहामा समेत ढुंगा प्रहारको प्रयास भएको थियो । यद्यपी मिलनचोकमा मुख्यमन्त्रीको गाडीलाई लक्षित गरि हानिएको ढुंगाले स्कर्टिङ्मा रहेका प्रहरीको दुईवटा गाडीमा क्षेती पुगेको बताईएको छ । त्यस क्रममा प्रहरीले हवाई फायर सम्म गरेको थियो ।
सरकारले प्रदेश सभामा प्रदेशको राजधानी दाङ् राख्ने प्रस्ताव गरेपछि त्यसको बिरोधमा नेपाली काँग्रेसले आज आईतबार रुपन्देही जिल्ला बन्द आह्वान गरेको र बन्दको कार्यक्रम सकिर फर्किदै गर्दा नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । पक्राउ पर्नेमा नेपाली काँग्रेसका नेता विष्णु पोखरेल, नेबिसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, नेपाली काँग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरे, प्रकाश गैरे, तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, समाचार संकलन गरि फर्किने क्रममा पत्रकार कमला पाण्डे समेत रहेका छन् ।

Share This
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares