करेन्ट लागेर मृत्यु

1.3K

करेन्ट लागेर मृत्यु

रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ९ कालिगण्डकी पथमा यज्ञमूति पाण्डेको घरमा मार्वल लगाउने क्रममा करेन्ट लागेर सोमबार नवलपरासीका हाल तिलोत्तमा १ बस्ने ३० वर्षीय धर्मेदर साहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका साहनीलाई मणिग्राम स्थित क्रिमसन अस्पताल पु¥याउँदा पु¥याउँदै मृत्यु भएको र शवलाई पास्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी गराउनु भएको छ ।