काँग्रेस सांसदहरुले प्रदेश पाँचको स्थायी राजधानी दाङ् बनाउने सरकारको प्रतावको विपक्षमा मतदान गर्ने भएका छन् । नेपाली काँग्रेस संसदीय दल प्रदेश पाँचको बैठकले सरकारले चोरबाटोबाट प्रस्ताव ल्याएकाले त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको नेपाली काँग्रेस संसदीय दलका नेता बिदेन्द्र कनौडियाले बताउनु भयो ।
संसदीय दलको निर्णय अनुसार नै काँग्रेस सांसदहरुलाई दाङ्को विपक्षमा मदतान गर्नको लागि ह्वीप समेत लगाईएको छ । सरकारले प्रस्ताव गरेको प्रदेशको नाम लुम्बिनी राख्नको लागि भने नेपाली काँग्रेस सहमत भएको छ । ‘हामीले रुपन्देही नै हुनु पर्छ या दाङ् हुनुहुँदैन भनेका होईनौं ।’ उहाँले भन्नुभयो–‘बिधि प्रकृया हुन्छ, यस्तो महत्वपूर्ण प्रस्ताव ल्याउँदा विपक्षिसंग पनि छलफल त हुनुपथ्र्यो नी ।’