प्रदेश पाँचको स्थायी राजधानी दाङ् बनाउने प्रदेश सरकारको प्रस्ताव पारित भएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा मत विभाजनको आधारमा प्रदेशको स्थायी राजधानी दाङ् बनाउने सरकारको प्रस्ताव पारित भएको हो ।
सरकारले प्रस्ताव गरेको दाङ्को भालुवाङ्मा प्रदेशको स्थायी राजधानी बनाउने पक्षमा ६९ मत परेको थियो भने त्यसको विपक्षमा १३ मत परेको थियो । त्यस्तै प्रदेशको नाम लुम्बिनी बनाउने प्रस्ताव पनि पारित भएको छ ।