कबिता : अह ! म, बोल्दै बोल्दिन

1K

कबिता : अह ! म, बोल्दै बोल्दिन

बोलेको कुरा नै सुनुवाई हुदैन भने
अह ! म बोल्दै बोल्दिन ।

१९०३ को जङ्गे शासनमा
बोल्नेको घाँटी समातियो
कुैले सास फेर्ने सुख्खपाएनन ।
कसैको आफ्नो हैकमचल्यो
कसैको रोदन र चीत्कार
बोल्नेलाई मारिन्थ्यो रे !
कस्तो यातनाको जमाना?
तपाईप्रश्नकिनगर्नुहुन्छ ?
अह ! म बोल्दै बोल्दिन ।

त्यो कालो अन्धकार बादलमा
सुर्यकाकिरण समेत छेकिए
फागुन७, २००७ सम्म
उकुस मुकुस र बिष्फोटभो
होनहार सपूतमारिए
शुक्रराजलाई देख्ने मन थियो ।
बैरी र राक्षसी दुस्मनहरुले
टेकुपचलीमा झुण्डाइदिए
चिच्चाएर जोडदार भाषण गर्दा
गङ्गालालले मृत्युदण्ड पाए
बिचारको क्रान्तिगर्नखोज्दा
मृत्युदण्ड हुन्छ भने
अह ! म बोल्दै बोल्दिन ।।

रगतको खोलाबगाएर
प्राप्त गरेको प्रजातन्त्र
२०१७ सालमाअपहरण पर्दा
जन्ताको पिर व्यथा
जस्ताको त्यस्तै रहयो

बिकाशको फूल फुट्ने बेलामा
राजदरवारमाकफ्र्यु लगाईयो ।
शहरमा सैनिक गस्ती
गाँउमा बस्ती रित्तिए
कसलाईथाहा? के भो ?
जनकपुर बम काण्ड र सुखानीहत्या काण्ड
जनमत सङ्ग्रह त्यसै भएको होइन
तर जितपञ्चाएतकै भो
पञ्चायती सामन्तीब्यबस्थाको बारेमा
केहीशब्द र वाक्यबोल्दा
जन्ताको जीतमा झुट हुन्छ भने
अह ! म बोल्दै बोल्दिन ।।

२०४६ को आन्दोलनमा
शहरमाआगो बल्यो
कैयौ घाइते भए
बस्ती बस्ती अनि सडकमा
मान्छेहरुको भीड उर्लदै गयो
बहुदलीयब्यबस्थाको लागि
टिम्बुरबोटे काण्ड भो
पिष्कर हत्याकाण्ड भो
गणतन्त्रआएनभनेर
दिउसै काडमाण्डौंको शहरमा
लाल्टिनबाल्ने रहर भो
तर, बहिरो सरकारले सुनेन
ईट्टाका टुक्राहरु चोक चोकवाट
प्रहार हुँदा समेत
कानमा तेलहालेर बस्यो
बिजयी जुलुसमा
जिन्दाबाद ! र मुर्दावाद !!
मुर्दावादभन्दा जेल–नेल खाएभने
अह ! म बोल्दै बोल्दिन ।।

२०५१ सालमामाओबादी
किन जनयुद्ध गरे ?
इतिहासले कुनै दिनबताउला
२०५८ मा दरवारकाण्डको लिला
हृदयभरि आँसु आउछ
२०६२÷६३ को जन आन्दोलनले
राजतन्त्रको जरो फाल्यो
मेचि देखि कालिसम्म
हिमाल देखि तराईसम्म
आगोकाझिल्काहरु बले
किन र के कालागि?
गणतन्त्रको कोपिला रोप्नु थियो ।
खै त परिवर्तन ?
गरिबीले देशमोर्दैछ
भष्ट्राचारीले बदनामगर्दैछ
नोबेल कोरोनाभाइरसले
जन्ताआक्रान्तभएका छन
देश र प्रदेश लकडाउनमा छ
मान्छेहरु सडकमा ढुङ्गा मुढा गर्दैछन्
राजधानीहाम्लाईचाहियो भनेर
नेताहरु लोकतन्त्रमापनि
भेडाभएका छन् ।
जन्ताहरुको मन दुखेको छ
मलमलगाउने कोही छैन, यहाँ
देश भन्छ अस्मिताबचाउ
सबैले प्रश्न सोध्छन
खै ?नयाँ नेपाल
खै ? बुद्धको देश
खै ? सगरमाथाको देश ।
खै त गणतन्त्रको अनुभुति?
म सँग उत्तर छैन
फगतकविताकोरिरहन्छु
अह ! म बोल्दै बोल्दिन ।।

समाप्त

मितिः– २०७७/०६/२०

कबिको परिचय
नामः सरद बिष्ट
ठेगानाः स्वर्गद्धारी न.पा. –३, प्यूठान
शैक्षिक योग्यता : बि.ए./बि.एड.(अंग्रेजी)
पेशा : शिक्षण र साहित्यक रचनाप्रकाशन
इमेल : sarad.nature@gmail.com