कोरोना भाईरस संक्रमण : कुन जिल्लामा कति थपिए ?

कोरोना भाईरस संक्रमण : कुन जिल्लामा कति थपिए ?

नेपालमा शनिबार हालसम्मकै उच्च संख्यामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । शनिबार मात्रै ५ हजार ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाण्डौ जिल्लामा २ हजार १ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा कोरोना भाईरस संक्रमण भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ३६९, सुनसरीमा ३९४, रुपन्देहीमा २१५, चितवनमा १४७, सुर्खेतमा १३४, दाङमा ९३, तनहुँमा ५५, मकवानपुरमा ५४, कास्कीमा ५१, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेमा ४५, प्युठानमा ४२, नुवाकोटमा ४०, धादिङमा ३८, पाल्पामा ३७, पर्सा र नवलपुरमा ३६/३६, काभ्रे र कैलालीमा ३५/३५ जना, नवलपरासीमा ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरमा १८/१८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना,म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares