कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने संकेत

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने संकेत

नेपाल राष्ट्र बैंकले अहिलेको दशैंमा नयाँ नोट सटही नगर्ने संकेत दिएको छ । कोरोना भाईरस (कोभिड–१९) का कारण नयाँ नोट साट्न नसकिने संकेत गरेको हो । नेपाल राष्ट्र बैंकले औपचारिक निर्णय लिईनसकेको भएपनि कोरोना भाईरस संक्रमणका कारण नयाँ नोट सटही नगर्ने संकेत गरेको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी डा. गुणाखर भट्टले भन्नुभयो–‘यस बिषयमा औपचारिक निर्णय त आईसकेको छैन, तर नयाँ नोट साट्न सकिने अवस्था पनि छैन ।’ उहाँले यस विषयमा आजभोलीमै नेपाल राष्ट्र बैंकको निर्णय आउने पनि जानकारी गराउनु भयो ।
नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गरि प्रत्येक वर्ष दशैं अंगाडी देखि नै नयाँ नोट सटही गर्दै आएको थियो । कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गएपछि नयाँ नोट सटही गर्दा यसको जोखिम समेत बढ्ने भएकोले यो वर्ष नयाँ नोट सटही नगर्ने की भन्ने भएको उहाँले बताउनु भयो ।
आईतबार सबैभन्दा बढी ५ हजार ८ जनामा कोरोना भाईरस संक्रमण भएको थियो भने हालसम्म नेपालमा एक लाख ५ हजार बढीमा संक्रमण भएको र अहिले पनि नेपालमा २६ हजार बढी सक्रिय संक्रमित छन् ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares