काठमाण्डौका सरकारी अस्पताल अब कोरोना अस्पताल : ‘आकस्मिक बाहेकका शल्यक्रिया नगर्नु’

काठमाण्डौका सरकारी अस्पताल अब कोरोना अस्पताल : ‘आकस्मिक बाहेकका शल्यक्रिया नगर्नु’

सरकारले काठमाण्डौका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्र रुपमा बढ्दै गएपछि सरकारले काठमाण्डौका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको हो । त्यस्तै स्वास्थ्य सेवा विभागसंग भएको भेन्टिलेटर, आईसीयु तथा अक्सिजन लगायत सघन उपचारको लागि व्यबस्थापन गर्ने निर्णय समेत भएको छ ।
पछिल्लो समयमा प्रथ्येक दिन संक्रमणको संख्या ह्वात्तै बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक बाहेकका शल्यक्रिया समेत नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । कोरोना संक्रमण भएका बिरामीलाई आईसीयु र भेन्टिलेटर सेवा पाउन समस्या भएपछि सरकारले आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन गरेको हो ।
पछिल्लो २४ घण्टामा (सोमबार) एकैदिन ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares