बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना : लुम्बिनी प्रदेशलाई दुर्घटना रहित बनाउन आग्रह

598

बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना : लुम्बिनी प्रदेशलाई दुर्घटना रहित बनाउन आग्रह

चाडपर्व सुरु भएसंगै बुटवलको नयाँ वसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वको समयमा यात्रुहरुलाई आवतजावतमा हुने समस्या समाधान गर्नको लागि यात्रु सहायता कक्ष सुरु गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरिक्षक डम्बर बिकले बताउनु भयो ।
उक्त यात्रु सहायता कक्षको मंगलबार शुभारम्भ गरिएको हो । त्यस अवसरमा बोल्दै उप्रहरी उपरिक्षक बिकले चाडपर्वको समयमा कुनै प्रकारको दुर्घटना, यात्रु ठगिएको, यात्रुमाथि दुव्र्यबहार भएको जस्ता समाचार सुन्न नपर्ने गरि यातायात सञ्चालन गर्न व्यबसायिक संघसंस्था तथा चालकहरुलाई आग्रह गर्नुभयो ।
यात्रुहरुले प्रारम्भिक स्थानबाट गन्तव्यसम्म पाउनु पर्ने सबै सुविधाहरु पाउनु पर्ने तथा सुरक्षित, भयरहित र विश्वसनीय तरिकाले गन्तव्य सम्म पु¥याउने आफूहरुको उद्देश्य रहेको प्रष्ट पार्नुभयो । यो उद्देश्य पुरा गर्नको लागि यातायात व्यबसायी तथा चालकहरुको महत्वपूर्ण भूमिका हुने र विशम परिस्थितका वावजुध पनि आफ्नो भूमिकामा कही कतै कमिकमजोरी हुन नदिन समेत उहाँले आग्रह गर्नुभयो ।
त्यस्तैगरी ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले चाडपर्वको समयमा पकेटमार, ठगी, चोरी तथा नसालु पदार्थ सेवन गराएर लुटपाट जस्ता मुख्य अपराधहरु हुने गरेको बताउँदै चाडपर्वको समयमा बसपार्क वरिपरि हुने अपराधिक गतिबिधिलाई निरुत्साहित गर्ने गरि प्रहरी काम गर्ने बताउनु भयो । उहाँले त्यसबाहेक पनि हुने अपराधिक गतिबिधि नियन्त्रण गर्न सूचना संकलन तथा शुक्ष्म अनुसन्धान गरेर सोही अनुसार रणनीति बनाईसकिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यबसायी संघ (ट्रक समिति)का अध्यक्ष यमप्रसाद पाण्डे, पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले अपराधिक गतिबिधि तथा दुर्घटना आफैमा राम्रो नभएको र त्यसलाई कसरी हुन्छ कम गराउनको लागि आफूहरु लागि परेको बताउँदै दुर्घटना हुनै नदिनेगरी सवारी सञ्चालन गर्न चालकहरुलाई आग्रह गर्नुभएको थियो । त्यस्तै सार्वजनिक यातायातमा हुने अपराधिक गतिबिधि रोक्नको लागि यात्रु स्वयम पनि चनाखो हुनु पर्ने उहाँहरुले बताउनु भयो ।
सार्वजनिक यातायातलाई व्यबस्थित रुपमा सञ्चालन गर्न र त्यसमा आईपर्ने ट्राफिक समस्या समाधान गर्न प्रहरी तयार रहेको बताउँदै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपालले सार्वजनिक यातायातमा यात्रुहरु ठगिने, चोरी लगायतका समस्या नआओस र आईहाल्यो भने त्यसको निराकरणमा काम गर्नको लागि यात्रु सहायता कक्षा स्थापना गरिएको बताउनु भयो ।

त्यसै अवसरमा तानसेन सिमेन्ट र रोटरी क्लव अफ लुम्बिनीले बुटवल बसपार्कको सार्वजनिक स्थलमा राख्नको लागि सेनिटाईजर मेनिन प्रदान गरेको थियो भने चाडपर्वको समयमा आवश्यक पर्ने सेनिटाईजर पश्चिमाञ्चल यातायात व्यबसायी समिति प्रदान गर्ने अध्यक्ष पाण्डेले घोषणा गर्नुभएको थियो ।