नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले बिहिबार शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका बिष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठले बिहिबार शपथ लिएका हुन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्री ओलीको सिफारितमा राष्ट्रपति भण्डारीले उनीहरुलाई बिहिबार नै मन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यस्तैगरी उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिईएको छ भने महिला बालबालिका मन्त्रीको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares