आगामी पुसमा जेसीजको राष्ट्रिय महाधिवेशन : निर्वाचिनको मोडालिटीबारे छलफल हुँदै

645

आगामी पुसमा जेसीजको राष्ट्रिय महाधिवेशन : निर्वाचिनको मोडालिटीबारे छलफल हुँदै

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रकृया कुन मोडालिटिमा गर्ने भन्ने यकिन नभईसकेपनि अधिवेशनको तयारी अंगाडी बढाईएको छ । नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुसको १ देखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा गर्ने निर्णयसंगै तयारी पनि सोही अनुसार अगाडी बढाईएको राष्ट्रिय अध्यक्ष अशोक शंकरले जानकारी गराउनु भयो ।
रुपन्देहीको तिलोत्तमामा कृयालिश भलवारी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको ४७ औं महाधिवेशन गर्न लागिएको र महाधिवेशनको प्रमुख एजेण्डा कोरोना भाईरस (कोभिड–१९) संग सम्बन्धित रहेको उहाँले जानकारी गराउनु भयो । महाधिवेशनको बारेमा जानकारी गराउनको लागि शुक्रबार तिलोत्तमामा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष शंकरले नेपाल जेसीजको महाधिवेशनमा करिव ५ हजार सहभागि हुने भएपनि यसपाली कोरोना भाईरसको महामारीका कारण ३ सय जनाको प्रत्यक्ष सहभागितामा महाधिवेशन गर्ने तयारी गरिएको जानकारी गराउनु भयो । त्यस्तै उहाँले बाँकी जेसीज सदस्यहरुलाई अनलाईन प्रविधिका माध्यमबाट जोडिने पनि जानकारी दिनुभयो ।
महाधिवेशनको तयारी तिब्र रुपमा अंगाडी बढाईएपनि कुन मोडालिटिमा निर्वाचन गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । उहाँले निर्वाचन प्रकृयाका बारेमा टुंगो नलागिसके पनि अनलाईन भोटिङ् सिस्टममा प्राक्टिस गर्ने या राष्ट्रिय बोर्ड र शाखाका अध्यक्षहरुलाई मात्रै सहभागि गराएर बिशेष साधारण सभाको माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने भन्ने बिवषयमा छलफल भईरहेको जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा भलवारी जेसीजका पूर्व अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका निर्देशक प्रकाश पोखरेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारण विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरि नेपाल भरीका शाखाका अध्यक्षहरु, नेपाल जेसीजका बोर्डका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, आतिथ्यता शाखाका आयोजक समिति गरि बढीमा ३ सय जनाको उपस्थितीमा महाधिवेशन गर्ने तयारी गरिएको बताउनु भयो ।
नेपाल जेसीजको आसन्न महाधिवेशनको लागि ६० जनाभन्दा बढीको उम्मेदवारी परेको छ । त्यमध्ये ६ जना मात्रै अध्यक्षका उम्मेदवार हुन् । एक महिना अंगाडी सम्म मनोनयन फिर्ता गर्न मिल्ने भएकाले त्यो संख्यामा केही घट्न पनि सक्ने निर्देशक पोखरेल बताउनु हुन्छ ।
पत्रकार सम्मेलनमा भलवारी जेसीजका पूर्व अध्यक्षहरु राष्ट्रिय उपाध्यक्ष गोबिन्द पंगेनी, महाधिवेशन आयोजक समितिका सहनिर्देशक सन्तराम चौधरी, महाधिवेशन आयोजक समितिका महासचिव लोकनाथ खनाल लगायतले महाधिवेशनको बारेमा जानकारी गराउनु भएको थियो ।

जेसीजको नियम नमान्नेलाई अदालत जान अध्यक्ष अशोकको चुनौती

नेपाल जेसीजको बिधि बिधान र नियम नमान्नेहरुलाई अदालत जान अध्यक्ष अशोक शंकरले चुनौती दिनुभएको छ । नेपाल जेसीजका शाखाहरुमा हुने विवाद समाधान जेसीजकै बिधि बिधानका आधारमा गरिएको बताउँदै उहाँले नेपाल जेसीजले गरेको निर्णय नमान्नेहरुलाई न्यायिक निकायमा जान चुनौती दिनुभएको हो । जेसीजमा पनि अनुशासन नमान्ने, बिधि नमान्नेहरुको प्रवेश भएको बताउँदै जेसीजमा आईसकेपपछि संस्थाको नियम तथा बिधानलाई आत्मसात गर्नुपर्ने उहाँले बताउनु भयो ।
नेपाल जेसीजका कतिपय शाखाहरुमा नेतृत्व लिने क्रममा भएका असमझदारीहरु बिकसित हुँदा एउटै शाखामा समानान्तर समितिहरु समेत बनेका छन् । ती समस्याहरु समाधानमा नेपाल जेसीजले निर्णय लिएपछि केन्द्रीय नेतृत्वलाई समेत प्रश्न उठेको सवालमा उहाँले भन्नुभयो–‘नेपाल जेसीजका शाखामा भएका समस्या निराकरण गर्ने नेपाल जेसीजले नै हो, समस्या भएका शाखामा अध्यक्ष नभई बोर्डले निर्णय गरेकाले बोर्डको निर्णय मान्नु उहाँहरुको दायित्व हो ।’