काँग्रेसका सांसदले फिर्ता गरेको रकम जनताको उपचारमा खर्च हुने व्यबस्था मिलाउन आग्रह

1K

काँग्रेसका सांसदले फिर्ता गरेको रकम जनताको उपचारमा खर्च हुने व्यबस्था मिलाउन आग्रह

नेपाली काँग्रेसले आफ्ना सांसदहरुले फिर्ता गरेको दशैं भत्ता जनताको उपचारको लागि सरकारले स्थापना गरेको ‘कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्न संसद सचिवालयलाई पत्राचार गरेको छ ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसद सचिवालयलाई पत्राचार गरि कोरोना भाईरस महामारीको समयमा जनप्रतिनीधिलाई दशैं भत्ता उपलब्ध गराउने सरकारको निर्णय समयसान्दर्भिक र उचित नभएको उल्लेख गर्दै काँग्रेसबाट प्रतिनीधित्व गर्ने सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको जानकारी गराउनु भएको छ ।
त्यस्तै उहाँले उक्त रकम जनताको उपचारको लागि सरकारले स्थापना गरेको ‘कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा जम्मा हुने व्यबस्था मिलाईदिन समेत संसद सचिवालाई आग्रह गर्नुभएको छ ।