रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व सार्वजनिक

694

रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्य र नेकपाका नेता खगराज अधिकारीले संयुक्त रुपमा रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व लोकार्पण गरेका थिए । नरहरि आचार्यले रुद्रनाथ घिमिरे सरल स्वभावका थिए भन्दै घिमिरेले उपचारमा आयुर्वेदिक र एलोपेथिक दुबै औषधी चलाउथे भने । उनी आयुर्वेदका लागि आफु आधिकारी पनि थिए । एलोपेथिक औषधीका लागि आफु आधिकारीक नभएको कुरा विरामी र उनका आफन्तसँग प्रस्टसँग भन्थे । तपाईले नै उपचार गरिदिनु प¥यो भन्ने सम्मति दिए पछि उनी आधुनकि उपचार गर्थे । यस्तो क्षमता सबै मानिसमा हुँदैन उनीमा थियो । उनी परिवार मात्र होइन आफ्ना वरपर रहेका व्यक्तिहरु कसरी अध्ययन गरिरहेका छन् भनेर सुक्ष्म रुपले पनि हेर्थे । शिक्षित, सरल र सहयोगी सधै रहनुपर्छ भन्थे ।यसै कार्यक्रममा नेकपा नेता खगराज अधिकारीले उनको सरल पन सबैले सिक्न पर्ने किसिमको थियो । म अझ बामपन्थी विचारमा लागेको मान्छे हामी भन्दा बढी उनी सामाजिक थिए । हामीले गरेको काम समाजको लागि हुनुपर्छ भन्ने उनको विचार र दृष्टिकोण सधै रह्यो । आफ्ना यिनै मान्यतामा उनी निरन्तर हिडिरहे । हामी कसैले पनि नचाहने तर गर्नै पर्ने उनको अन्तिम कर्मको काममा म सहभागी हुनुप¥यो । त्यतिखेर आफ्नो क्षमताले सकेको गरियो । घिमिरे एक असल र सरल मानिस थिए । सबैलाई माया गर्न सक्ने क्षमता उनीमा थियो ।बाल्मीकी क्याम्पस प्रमुख डा.गणेश घिमिरेले भने रुद्रनाथ घिमिरे आजभन्दा साठी पैसठ्ठी वर्ष अघि छोरीलाई पढाएर शिक्षाको महत्व समाजलाई बुझाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी बिरामी भएर बाटोमा लडेको मानिसलाई उठाएर घर लगेर उपचार गराएर सन्चो भएपछि घर पठाएको प्रसङ्गहरु स्वयं व्यक्तिहरुले लेखेको यस पुस्तकमा पाइन्छ । परिवारमा छोरा बुहारीलाई समान व्यवहार गरेको र सन्ततीको भविष्य कसरी निर्माण गर्नुपर्छ भनेर समेत सिकाएका छन् । सत्मार्गीका साथै सत्पुरुष यस पुस्तकमा घिमिरे देखिन्छन् ।कार्यक्रममा चुडाराम परियारले रुद्रनाथ घिमिरेको घरमा म सबै गाउ डुलेर खाना खान जाने घर हो भन्ने बताए । हाम्रो ३ पुस्ताले उहाँहरुकोमा काम गरेऊ । उहाँले हामीलाई कहिल्यै दमाई होस् भन्नु भएन । कान्छा के गर्दैछस् भनेर सधैनै बोलाउने गर्नुहुन्थ्यो । हामीलाई वरपर नदेखे कता छन् भनेर खोज्नु हुन्थ्यो । हामी विरामी हुँदा उहाँले नै उपचार गर्नु हुन्थ्यो । मेरो बा विरामी हुदा पनि उहाँ आफै आएर उपचार गर्नु भएको थियो भन्दै भावुक बनेका थिए ।व्यावसायी शिव मल्लले आफ्नै जीवनमा घटेका अविश्मरणीय क्षण संझिए । आफु विरामी हुँदा उपचारका लागि आमाले रुद्रनाथ घिमिरेको घरमा लगेको संझीए । स्कुल पढ्दाको जोशीलो समयमा ठूला मान्छेलाई गरेको व्यङ्गमा घिमिरेले उनलाई खाजा खुवाएर संझाउदै त्यसो गर्न हुदैन भन्ने पाठ सिकाएको बताए । त्यस समयदेखि मैले जानेर कसैको अपमान गरेको छैन भने । घिमिरे म्याग्देमा मात्र होइन यस भेगका सथौ काठमाडौं, पोखरामा पनि उनी उत्तिकै परिचित छन् भने ।

यस पुस्तक सम्पादक घिमिरे यो पुस्तकबाट नयाँ ज्ञानको बोध भएको बताएका छन् । प्रत्येक सन्तानलाई लाग्छ, हामीले हाम्रा बा–आमालाई चिनेका हुन्छौं ! तर त्यसरी चिनिएको हुँदो रहेनछ । यस पुस्तकमा रुद्रनाथ घिमिरेका विभिन्न आयामहरु उजागर भएका छन् । पुस्तक हेर्दा रुद्रनाथ घिमिरे नायकको रुपमा प्रकट हुन्छन् । यस पुस्तकमा आधारित भएर एउटा राम्रो सामाजिक फिल्म नै बन्न सक्ने सम्भावना घिमिरेले देख्छन् । उक्त कार्यक्रममा शिक्षाविद् गेहेन्द्रप्रसाद घिमिरे, इन्द्रबहादुर अधिकारी, व्यावसायी इन्दिरा बरालले बोलेका थिए । कार्यक्रमको सभापतित्व रुद्रतुलचन्द्र प्रतिष्ठानकी अध्यक्ष हरिमाया सिग्देलले गरेकि थिइन् भने स्वागत प्रतिष्ठानकै उपाध्यक्ष राधादेवी लंसालले गरेकि थिइन । कार्यक्रम संचालन वरिष्ठ पत्रकार पूर्णचन्द्र घिमिरेले गरेका थिए ।