टिप्परको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

826

टिप्परको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रुपन्देहीको भैरहवा–लुम्बिनी सडकमा टिप्परको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । लुम्बिनी भैरहवा सडक खण्डमा पर्ने मायाँदेवी गाउँपालिका वडा नं. ८ विश्वकर्मा मन्दिर नजिकै सोमबार टिप्परको ठक्करबाट सोही स्थानका पैदलयात्री ८ वर्षीय रघुबिर हरिजनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लुम्बिनीबाट भैरहवा तर्फ जाँदै गरेको लु १ क ११७४ नम्बरको टिप्परले स्थानीय सुग्रिव हरिजनको छोरा रघुबिरलाई बाटोमा हिंड्दै गर्दा ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।