भारतीय सेनाध्यक्ष नरवणे काण्डमाण्डौमा : माईतिघर मण्डलामा बिरोध प्रदर्शन

1.3K

भारतीय सेनाध्यक्ष नरवणे काण्डमाण्डौमा : माईतिघर मण्डलामा बिरोध प्रदर्शन

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको बिरोध गएको छ । २१ दलीय मोर्चाले काठमाण्डौ स्थित माईतिघर मण्डलामा बिरोध ग्रदर्शन गरेका हुन् । भारतीय सेनाध्यक्ष नरवणेले नेपालको सार्वभौमिकताको अपमान गर्नेगरी अभिव्यक्ति दिएको र नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनाध्यक्षलाई सरकारले किन निम्त्याएको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।
नरवणेले सीमा विवाद चर्किएका बेला नेपालले अरुको इशारामा लिपुलेखको मुद्धा उचालेको टिप्पणी गरेका थिए । भारतीय सेनाध्यक्ष नरवणे तीनदिने नेपाल भ्रमणको लागि आज (बुधबार) नेपाल आएका हुन् ।


भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाण्डौ आएका नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका थिए । नरवणेलाई बिशेष सुरक्षा व्यबस्थाका साथ सोल्टी होटल पु¥याईएको छ ।
नरवणेको गाडीको अगाडि–पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गरेपनि सुरक्षा चुनौतीका कारण उनको सुरक्षामा पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहेको थियो । तीन दिने नेपाल भ्रमणमा रहँदा पहिलो दिन आज (बुधबार) कुनै पनि औपचारिक कार्यक्रम राखिएको छैन । तर भारतीय दुतावासको समन्वयमा अनौपचारिक भेटघाट हुने बताईएको छ ।
त्यस्तै भोली (बिहिबार) राष्ट्रपतिको कार्यालय शीतल निवासले उनलाई नेपाली सेनाको मनार्थ महारतीको दज्र्यानी चिह्न लगाउने कार्यक्रम तय गरेको छ । नेपाल र भारत दई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसै अनुसार नेपाली सेनाका प्रधान सेतापति पूर्णचन्द्र थापाले गत पुसमा भारतीय महारथीको सम्मान पाईसकेका छन् ।
शीतल निवासको कार्यक्रम अंगाडी नै नरवणेले टुडिखेलको बिर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । लगत्तै उनले जङ्गी अड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । त्यस्तै बिहिबार नै नेपाली सेनाका महारथी पूर्णचन्द्र पाथासंग औपचारिक सम्वाद हुने छ । नरवणेको सम्मानमा नेपाली सेनाले बिहिबार साँझ रात्री भोजको आयोजना समेत गरेको छ ।
नेपाल भ्रमणमा रहेका नरवणेको अन्तिम दिन बिहिबार सैनिक स्टाफ कलेजका शिक्षार्थीसंग अन्तरक्रिया गर्ने र त्यसपछि प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय छ ।