नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने हुनु भएको छ । अध्यक्ष प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा उत्कषमा पुगेको विवादका कारण अर्का अध्यक्ष ओली सहभागि नहुने स्रोतले बतायो ।
अध्यक्ष प्रचण्डले दिउँसो ३ बजेको लागि पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको छ । बैठक बोलाउनको लागि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसंग परामर्श गरेपनि ओली सहमत हुनु भएको थिएन ।