नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाले आह्वान गरेको सचिवालयको अनौपचारिक बैठकले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउनको लागि सामुहिक आग्रह गर्ने निर्णय गरेको छ ।
अध्यक्ष ओली सहित बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । उक्त बैठकमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागि भएनन् ।
कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भएपनि पार्टी एकताको गाम्भिर्यतालाई मध्येनजर गरेर अर्का अध्यक्ष ओलीको सहमतिबाटै बैठक बोलाउने सहमति भएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
यस अंगाडी अध्यक्ष द्वय ओली र प्रचण्डको बिचमा एक्लाएक्लै बैठक भएपनि त्यसबाट कुनै प्रकारको सहमति जुट्न सकेको थिएन । पार्टीको एकता जोगाउनकै लागि सामुहिक रुपमा भेटेर अर्का अध्यक्ष ओलीलाई पार्टीको औपचारिक बैठक राख्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्ररुेष्ठले जानकारी गराउनु भएको छ ।
पार्टीमा एकल रुपमा अंगाडी बढीरहेका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पार्टीको सचिवालयमा अल्पमतमा परेपछि आफूसंग सल्लाहमै पार्टी फोर्ने सम्मको प्रस्ताव गरेको बहुमत सचिवालय सदस्यहरुलाई प्रचण्डले ब्रिफिङ् गरेका थिए ।
पार्टी निर्णय नमाएर गुटका आधारमा अंगाडी बढेका ओलीले मन्त्रिपरिषद बिस्तार गर्दा पनि आफ्नै गुटकालाई मात्रै स्थान दिएको तथा कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन समेत भूमिका खेलेपछि दुई अध्यक्ष बिच अविश्वासको दुरी बढ्दै गएको थियो । पछिल्लो पटक प्रधानमन्त्री निवास बालुवाटारमै रअ प्रमुखलाई गोप्य रुपमा भेटेको समाचार बाहिरिएपछि दुरी झनै बडेको छ ।