ओलीलाई प्रचण्डसहितका नेताको लिखित माग : ‘तत्काल सचिवालय बैठक बोलाऔं’

1.3K

ओलीलाई प्रचण्डसहितका नेताको लिखित माग : ‘तत्काल सचिवालय बैठक बोलाऔं’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बनाउनको लागि लिखित माग गरेका छन् ।
अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, र नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन लिखित माग गरेका हुन् ।
शुक्रबार अध्यक्ष प्रचण्डले आह्वान गरेको सचिवालयको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउनको लागि सामुहिक आग्रह गर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्ड सहितका नेताहरुले अर्का अध्यक्ष ओलीलाई तत्काल सचिवालय बैठक बनाउन आग्रह गरेको हो ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको र छलफल गरेर सचिवालय बैठक बोलाउने बताउनु भएको भेटपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।