मालारानीमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना काँग्रेसमा प्रवेश

1.3K

मालारानीमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना काँग्रेसमा प्रवेश

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मालारानी गाउँपालिका वडा नं. ३ खनदहमा तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित सुमित्रा बिक सहित ४६ जना शनिबार नेकपा छोडेर काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिष्णु मस्कान, पार्टीका मालारानी संयोजक वडा नं. ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले माला लगाई पार्टी सदस्यता प्रदान गरि नेपाली काँग्रेसमा प्रवेश गराउनु भएको थियो । उक्त पार्टी प्रवेश गराउने कार्यक्रममा नेपाली काँग्रेस नीति तथा अनुसन्धान विभागका केन्द्रीय सदस्य छन्द पहराई मगर, नेपाल दलिद संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्माको समेत सहभागिता रहेको थियो ।