अमेरिकाको राष्ट्रपतिमा जो वाईडन विजयी : प्रधानमन्त्री ओलीद्वारा बधाई ज्ञापन

1.3K

अमेरिकाको राष्ट्रपतिमा जो वाईडन विजयी : प्रधानमन्त्री ओलीद्वारा बधाई ज्ञापन

अमेरिकाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो वाईडन निर्वाचित हुनु भएको छ । पूर्व उपराष्ट्रपति समेत रहका वाईडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै आगामी ४ वर्षे कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका वाईडन निर्वाचित भएसंगै अमेरिकालाई विश्वका ठूला साना देशहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ । अमेरिकामा राष्ट्रपति बन्नको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् ।

यो नतिजासंगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित वाईडनलाई बधाई सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दिनुभएको बधाई सन्देशमा दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुद बनाउन अमेरिकी नेतृत्वसंग मिलेर काम गर्ने समेत उल्लेख गर्नुभएको छ ।