स्कुटी सिक्ने क्रममा दुर्घटना हुँदा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिव पौडेलको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ का प्राध्यापक पौडेल आईतबार आफ्नै घर छेउमा स्कुटी सिक्ने क्रममा घरको पर्खालमा ठोक्किएर घाईते हुनु भएको थियो । दुर्घटनामा परी घाईते पौडेलको उपचारका लागि क्रिमसन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
गत असोज १ गतेदेखि बुटवल बहुमुखि क्याम्पसमा सहायक क्याम्पस प्रमुखको समेत जिम्मेवारी पाएका पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका विभागीय सदस्य समेत रहनु भएको थियो ।