शेर्पा र पौडेललाई सञ्चालकको हैसियतमा नराख्न अदालतको आदेश

1.3K

शेर्पा र पौडेललाई सञ्चालकको हैसियतमा नराख्न अदालतको आदेश

पाशाङ् दोर्जे पेर्शा र विनयरमण पौडेललाई ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था लिमिटेडको सञ्चालक समितिको सदस्यको हैसियतमा नराख्न अदालतले आदेश जारी गरेको छ । गत असार ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सञ्चालक समिति सदस्यमा शेर्पा र पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको थियो ।


संस्थाको प्रवन्ध पत्र तथा नियमावली २०७१ मा सञ्चालक नियुक्त गर्ने सम्बन्धमा भएको व्यबस्था तथा कम्पनी ऐन, २०६३ को दफा ८७(१)मा भएको व्यबस्था अनुसार नभएको भन्दै उच्च अदालत तुलसीपुर बुटवल ईजलासले विपक्षिहरु शेर्पा र पौडेललाई संस्थाको सञ्चालकको हैसियतमा सहभागि नहुन र काम नगर्न तथा संस्थालाई समेत सोही हैसियतमा सहभागि नगराउन तथा काम समेत नगराउन आदेश जारी गरेको हो ।
ग्रामिण बिकास लघुवित्त बित्तिय संस्थाको सञ्चालक समितिको म्याद गत असारमा सकिएपछि नेपाल राष्ट्र बैंकले पठाएको प्रतिनीधि र अर्थमन्त्रालयले पठाएको प्रतिनीधिले सञ्चालक समिति बिघटन गरेका थिए भने सञ्चालक समितिको बैठक बसेर सञ्चालकको रुपमा शेर्पा र पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
अवैधानिक रुपमा बित्तिय संस्थाको सञ्चालक भएको भन्दै अदालतले उनीहरु शेर्पा र पौडेललाई सञ्चालक समिति सदस्यको हैसियतमा सहभागि नहुन र बैंकलाई समेत उक्त हैसियतमा उनीहरुलाई सहभागि नगराउन आदेश जारी गरेको हो ।
संस्थाको सञ्चालक समिति निर्वाचनका माध्यमबाट चुनीनुपर्नेमा मनपरी रुपमा जिम्मेवारी प्रदान गरिएको भन्दै संस्थापक शेयर सदस्य जमुना ढकालले उक्त निर्णय बदर गरिपाउँ भनी उच्च अदालत तुलसीपूर बुटवल ईजलासमा रिट निवेदन पेश गर्नुभएको थियो ।
ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको प्रतिनीधि, अर्थमन्त्रालयको प्रतिनीधि तथा संस्थापक शेयर सदस्यबाट २ जना, सर्वसाधारण शेयर सदस्यबाट २ जना र एक जना विज्ञ गरी सात जना रहने व्यबस्था छ । संस्थाको गत असारमा सञ्चालक समितिको म्याद समाप्त भएको भएपनि राष्ट्र बैंक र अर्थमन्त्रालयले समयमै प्रतिनीधि खटाएपनि कोरोना भाईरस महामारीका कारण साधारण सभा तथा अधिवेशन हुन सकेको छैन ।