एकता सहकारीको कार्यालय भवन शिलान्यास

1.1K

एकता सहकारीको कार्यालय भवन शिलान्यास

एकता बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवन शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ मा निर्माण गर्न लागिएको संस्थाको कार्यालय भवनको सोमबार बिहान संस्थाका अध्यक्ष सुक्रप्रसाद बस्याल र उपाध्यक्ष लिलाधर लुईटेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।


अवको ६ महिनामा निर्माण सम्पन्न गर्ने दुई तले भवनको निर्माण सम्पन्न गर्नको लागि ८० लाख रुपैंया लागत अनुमान गरिएको संस्थाका सचिव विष्णुप्रसाद पौडेलले जानकारी गराउनु भयो । हाल उक्त सहकारी संस्थाको कार्यालय बुटवल उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीनगरमा रहेको छ ।
२०५४ सालमा स्थापित उक्त सहकारीमा हाल १ हजार १ सय जना शेयर सदस्य छन् भने शेयर पुँजी करिव ३ करोड रहेको तथा २७ करोड बढीको कारोवार गरेको अध्यक्ष बस्यालले जानकारी गराउनु भयो ।