१४ औं महाधिवेशनबाट अहिलेको नेतृत्वले विश्राम लिनुपर्दछ: प्रकाशमान सिंह

663

१४ औं महाधिवेशनबाट अहिलेको नेतृत्वले विश्राम लिनुपर्दछ: प्रकाशमान सिंह


बुटवल । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले विश्राम लिनुपर्ने बताउनु भएको छ । उहाँले काँग्रेसको विधि र विधान विपरित पार्टी सभापति शेरबहादुर देउवाले काम गर्दै गएकाले पार्टि कमजोर हुँदै गएको बताउँदै अहिलेको नेतृत्वले पार्टिलाई गतिशिल बढाउनुको सट्टा गतिहिन बनाउदै अगाडी बढेको आरोप लगाउनु भयो ।

उहाँले आगामी १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिँदै त्यही अभियानमा लाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको १४ औं महाधिवेशनको तिथीमिती सार्वजनिक गरेर कार्यतालिका अनुसारका कार्यक्रम अंगाडी बढाउन समेत नेतृत्व चुकेको भन्दै तोकिएको समयै पार्टिको महाधिवेसन गर्नृपर्नेमा जोड दिनु भयो । उहाँले काँग्रेसलाई बलियो पार्टि बनाउन वडास्तरका जनताको राय सल्लाह लिएर नेतृत्वले निति तथा कार्यक्रम बनाउनु पर्ने भनाई राख्नु भयो

गणेशमान स्मृती पुस्तकालय रुपन्देहीले आयोजना गरेको भिडियो अन्तरसंवाद कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य सिंहले १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले समयको माग बमोजिम काम गर्न नसकेको कारण आम कार्यकर्ता र मतदातासंग समेत विश्वास टुटाएको बताउनु भयो । प्रजातन्त्र जोगाउनका लागि पनि पार्टिलाई संस्थागत रुपमा अगाडी बढाउनु पर्ने बताउनु भएको छ । उहाँले नेपाली काँग्रेस कमजोर भएकै कारण कम्युनिष्टहरु सल्बलाएका बताउदै मुलुकको बिकास र समृद्धिका लागि बलियो काँग्रेस र काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको समेत उहाँले भनाई राख्नुभयो ।

त्यस्तै पार्टी प्रवेशका नाममा अन्धाधुन्द कृयाशिल वितरण गर्न नहुने समेत उहाँले बताउनु भएको छ । उहाँले पार्टी प्रवेशका नाममा जो पायो उसलाई कृयाशिल दिने र पार्टीमा लामो समय काम गरेकालाई पाखा लगाउने काम नेतृत्वबाट भएकाले त्यसको बिरोध गर्नृ परेको बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङ्गले पार्टिको महाधिवेशन जति ढिला ग¥यो त्यति नै पार्टिको इमेज खराव हुँदै जाने बताउनु भयो । पार्टिको गतिविधि अगाडी नबढाउने समय थप गर्दै जाने नगरेर समयमै महाधिवेशन गर्नृ पर्ने बताउनु भयो ।

उहाँले पार्टीले जनप्रिय काम गरेर जनताको मन जित्न सक्नु पर्ने बताउदै व्यक्ति भन्दा पार्टिले जित्नु पर्ने बताउदै एक्सन गरेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशन केन्द्रित राजनैतिक बहसको लागि गणेशमान सिंह स्मृती पुस्तकालयले आयोजना गरेको यो कार्यक्रम सातै प्रदेशमा गरिने छ । ‘नेपाली काँग्रेसको १४औ महाधिवेशन सुनिश्चितता ः निति, नेतृत्व र पार्टी संगठन’ विषयमा स्थानीय नेता कार्यकर्तासंगको अन्तरसंवाद गरिएको पुस्तकालयका अध्यक्ष तेजप्रसाद लामिछानेले जानकारी गराउनु भयो ।