गोरु ओसार-परासमा संलग्न ५ जना बुटवलमा पक्राउ : ५ वटा ट्रक बरामद

गोरु ओसार-परासमा संलग्न ५ जना बुटवलमा पक्राउ : ५ वटा ट्रक बरामद

प्रहरीले रुपन्देहीको बुटवलबाट १२१ वटा गोरु सहित ५ जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारवाहीको सिफारिस सहित पशु क्वारेन्टाईन भैरहवा पठाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गोरु ओसारपसार भईरहेको सूचनाको आधारमा प्रहरीले शनिबार बिहान २ बजेको समयमा बुटवल उपमहानगरपालिकामा वडा नं. ६ मा पर्ने पूर्वपश्चिम राजमार्गको अस्पताललाईनबाट ५ वटा ट्रकमा ओसारपसार हुँदै गरेका १२१ वटा गोरु सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रहरीले गोरु ओसार पसारमा प्रयोग गरिएका ना ५ ख ५६५५, ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नम्बरका ५ वटा ट्रक समेत बरामद गरेको छ भने ती ट्रकका चालकहरु नीजगढ नगरपालिका वडा नं. ८ बाराका ३६ वर्षीय गणेश पौड्याल, वडा नं. ९ का ५२ वर्षीय शम्भु भट्टराई, सोही वडाका ३२ वर्षीय नवराज कार्की, जीतपुर सिमरा नगरपालिका वडा नं. १६ बाराका ३८ वर्षीय तिलकबहादुर जिम्बा र हेटौंडा उपमहानगरपालिका वडा नं. १४ का ३० वर्षीय लक्ष्मण दनैलाई पक्राउ गरेको हो ।

Share This
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares