बुटवलमा गोली चल्यो, एकजना घाइते

बुटवलमा गोली चल्यो, एकजना घाइते

आईतबार बिहान बुटवलमा गोली चलेको छ । गोली लागेर एक जनाको घाईते भएका छन् । बुटवलको मिलनचोकबाट पूर्वतर्फ वडा नं. ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउडोमा गोली लागेका राकेश न्यौपाने नाम गरेका ति व्यक्तिलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । थप उपचारको लागि उनलाई युनिभर्सल मेडिकल केजल भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।
गैडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाको आधारमा प्रहरीले त्यस होटलमा छापा मार्ने क्रममा प्रहरीको पेस्टोल खोसेर प्रहरीलाई नै प्रहार गर्न खोज्दा ति व्यक्तिलाई गोली लागेर आफै घाईते भएको प्रहरीले जनाएको छ । उक्त होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै अर्का एकजना भने भागेको बताईएको छ । उनीहरु बसेको कोठाबाट प्रहरीले गैठाको खाग समेत बरामद गरेको छ ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares