तिनाउ मिसन बैंकले पाल्पाको प्रवासमा आफ्नो शाखा बिस्तार गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको उक्त बैंकले ५४ औं शाखाको रुपमा पाल्पाको प्रवाशमा शाखा सञ्चालन सहित सेवा बिस्तार गरेको हो । उक्त शाखाको शुक्रबार एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष जीवनप्रसाद ओझाले उद्घाटन गर्नुभएको हो ।
शाखाबाट आधुनिक बैंकहरुले ग्राहकलाई दिने सबैखाले सेवा प्रदान गरिने बताउँदै त्यसबाट लाभ लिनको लागि उहाँले आग्रह गर्नुभयो । उहाँले बैंकिङ् सेवालाई ग्रामिण क्षेत्रसम्म पु¥याउने र ग्रामिण जनतामा बैंकिङ् पहुच बिस्तार गर्ने योजना अनुसार प्रवासमा शाखा स्थापना गरिएको समेत जानकारी गराउनु भयो । बैंकले शाखा स्थापना संगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय जेष्ठ नागरिक ९१ वर्षीय मेदानी बल्लभलाई नगद सहित सम्मान गरेको थियो भने जेहन्दार ६ जना बिद्यार्थीलाई नगद छात्रबृत्ति सहित शैक्षिक सामाग्रि प्रदान गरिएको बैंकका कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ७ पाल्पाका अध्यक्ष मुक्तिराम जिसीले सफलताको शुभकामना व्यक्त गर्नुभयो । १७ अर्व ३५ करोड निक्षप पुंजी भएको बैंकले १३ अर्व ४३ करोड कर्जा लगानी गरेको र १५ वटा एटीएम सहित ५४ शाखाबाट कारोवार गर्दै आएको जनाएको छ । त्यस्तै सिटिजन बैंकसंग मर्जरको प्रकृया समेत अंगाडी बढेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले मर्जर पुरा भएपनि क वर्गको बैंकको सेवा प्रवाह गरिने जानकारी गराउनु भयो ।