नेपाल जेसीजमा मतदान सुरु हुँदै

1.3K

नेपाल जेसीजमा मतदान सुरु हुँदै

नेपाल जेसीजको ४७ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि आज मतदान हुँदैछ । नेपाल जेसीजको ४७ औं महाधिवेशन भलवारी जेसीजको आतिथ्यतामा रुपन्देहीको भलवारीमा चलिरहेको छ । नेपाल जेसीजको आगामी एक वर्षे कार्यकालको लागि दुई जना प्रतिस्पर्धामा हुनुहन्छ । नेपाल जेसिजको नेतृत्वको लागि अध्यक्ष पदमा बिसहजार जेसीज चितवनबाट अरुणेश्वर खनाल र त्रिभुवननगर जेसीज दाङ्बाट लालमणी भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै ४ कार्यकारिणी उपाध्यक्ष, १२ उपाध्यक्ष पदमा पनि मतदान हुनेछ । नेपाल जेसीजको बिधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था छ । नेतृत्व चयनको लागि नेपाल जेसीजका १५६ शाखाबाट १ हजार ८५० जना मतदानमा सहभागि हुने र शुक्रबार ११ बजे तय गरिएको मतदान कार्यक्रम सुरु हुन केही समय लाग्ने आतिथ्य जेसीज भलवारी जेसीजका अध्यक्ष चिरञ्जिवी बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान सुरु भएको करिव ८ घण्टामा मदतान सकिने छ भने त्यसपछि लगत्तै मतगणना गरिने छ ।
कोरोना भाईसर (कोभिड–१९) महामारीका कारण सामाजिक दुरी कायम गरेर मतदान गराउनु पर्ने भएकाले मतदानको समय बढी लाग्ने बस्याल बताउनु हुन्छ । मतदान ईलेक्ट्रिक भोटिङ् सिष्टमबाट हुनेछ ।