नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशन यहि पुसको अन्तिम साता

1.3K

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशन यहि पुसको अन्तिम साता

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशन पुसको अन्तिम साता गर्ने निर्णय भएको छ । महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको शुक्रबार बसेको बैठकले प्रदेश अधिवेशन यहि पुसको २५ गतेलाई तोकेको हो ।
बैठकले पुसको १५ गतेसम्म सदस्यता अध्यावधिक .(नविकरण) गर्ने समय दिएको छ भने २० गते मनोनयन दर्ता गर्ने मिति समेत तय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य उज्वल कसजुले जानकारी गराउनु भयो । अधिवेशन गर्नको लागि अधिवक्ता बाबुराम पाण्डेलाई निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशमा जिल्ला नगरका ३६ उद्योग बाणिज्य संघ रहेपनि २९ वटाले मात्रै मतदान गर्न पाउने छन् । ७ वटा गाउँपालिकामा गठन भएका उद्योग बाणिज्य संघ पर्यावक्षेकको रुपमा मात्रै रहने व्यबस्था छ । त्यस्तै एशोसियट तर्फ १०९ मत रहेको छ । सदस्यता अध्यावधिक गर्ने मिति १५ गतेसम्म राखिएकोले यो संख्या बढ्न सक्ने उहाँले बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशमा अध्यक्ष १, उपाध्यक्षमा जिल्ला नगर र एसोशियट गरि २, कोषाध्यक्ष १ र १२ सदस्य पद चयन गर्नको लागि अधिवेशन हुन लागेको हो ।