वी.पी. कोइराला युवा नेतृत्व बिकास मञ्च कपिलवस्तुले पूर्णता पायो (नामावली सहित)

1.3K

वी.पी. कोइराला युवा नेतृत्व बिकास मञ्च कपिलवस्तुले पूर्णता पायो (नामावली सहित)


खेमानन्द पाठक। कपिलवस्तु । बी.पी. कोइराला युवा नेतृत्व बिकास मञ्च कपिलवस्तुले पूर्णता पाएको छ । यसअघि केन्द्रले मुलुकभर सांङगठनिक संजाल बिस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लाको लागि राममणी पौडेललाई जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो ।

जिल्लाभरिका युवाहरुलाई समेटेर २० सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएसँगै बी.पी. कोइराला युवा नेतृत्व बिकास मञ्च कपिलवस्तुले पूर्णता पाएको मञ्चका अध्यक्ष राममणी पौडेलले बताए ।
उपाध्यक्षमा आनन्द चौधरी र केशव ढुङ्गाना , सचिबमा सुभास पौडेल चयन भएका छन् भने सहसचिबमा लक्ष्मी कुंवर, कोषाध्यक्षमा विशाल खनाल चयन भएका छन् । त्यसैगरि सदस्यमा रमेश कुमार भुषाल, चन्दन मल्ल,दिप कुमार केवत, गिरिजा शंकर यादव, रविल्द्र थारु, नगेन्द्र दुवे, सुशान्त पोख्रेल, सरिफ मुसलमान, विशाल अधिकारी, लिलामणी न्यौपाने, हरी भण्डारी, अब्दुल मुसलमान,अस्लम खान, विवेक पौडेल र सरिफ खान रहेका छन् ।

जिल्ला कार्यसमिति चयन सँगै जिल्लाको १० वटै स्थानिय तहको संयोजक समेत तोकिएको छ । जसमा वाणगंगा नगरपालिकामा अनन्त प्रसाद पाठक, बुद्धभूमि नगरपालिकामा प्रदिप खड्का, शिवराज नगरपालिकामा शुनिल चौधरी, कृष्णनगर नगरपालिकामा दिपक उपाध्याय, कपिलवस्तु नगरपालिकामा जियाउलहक मनीहार, महाराजगंज नगरपालिकामा सचितानन्द चौधरी, विजयनगर गाउँपालिकामा जगन्नाथ चौधरी, शुद्धोधन गाउँपालिकामा कृष्ण मोहन भुज, यशोधरा गाउँपालिकामा अब्दुल करिम मुसलमान र मायादेवी गाउँपालिकामा सुरेन्द्र शुक्लालाई जिम्मेवारी दिइएको छ ।

वी.पी.कोइरालाको बिचारलाई आत्मसाथ गर्ने युवाहरुलाई एकिकृत गर्दै मञ्चको परिकल्पना गरिएको छ । लोकतन्त्रमा बिश्वास राख्ने, यसमै आफनो भविष्य खोज्ने र समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवम व्यक्तित्व बिकास गर्न यो मञ्च सक्रिय रहने बताइएको छ ।