सर्बोच्च अदालतले संसद विघटन गर्नुको कारण देखाउन सरकारसंग लिखित माग गरेको छ । शुक्रबारको संवैधानिक ईजलासले विपक्षि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रपतिको कार्यालयसंग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवरा सहित ५ जना न्यायाधिशको पूर्ण इजलासले उक्त आदेश गरेको हो ।
त्यस्तै संसद विघटनको लागि मन्त्रीपरिषदले गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतीको सक्कल प्रति मगाउन पनि आदेश दिएको छ । त्यस्तै संसदबाट पनि सबै दलको प्रतिनीधित्वको कपि माग गरेको छ ।