रोटरी क्लव अफ बुटवल साउथले रोटरी वर्ष २०२१–०२२ को लागि नयाँ बोर्ड चयन गरेको छ । शुक्रबार साँझ बसेको छैठौं बोर्ड बैठकले ईञ्जिनियर ध्रुव धितालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।
क्लवका अध्यक्ष सिए प्रेम भुर्तेलको अध्यक्षता तथा असिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख अतिथ्यतामा बसेको बोर्ड बैठकले प्रेसिडेन्ट ईलेक्टमा टंकनाथ अधिकारी र नोमिनी प्रेसिडेन्टमा अर्जुन सापकोटालाई चयन गरेको छ । त्यस्तै क्लवको सेक्रेटरीमा निशानबाबु कार्की, कोषाध्यक्षमा दुजेन्द्र बस्नेत, सर्भिस प्रोजेक्ट चेयरमा ज्ञानेन्द्र गिरी, क्लव एड्मिन चेयरमा किशु शर्मा, मेम्बरशिप चेयरमा मोहन घिमिरे, टि.आर. अफ चेयरमा ध्रुव केसी, पब्लिक रिलेशन चेयरमा देव कुवरलाई चयन गरिएको अध्यक्ष भुर्तेलले जानकारी गराउनु भयो ।
त्यस्तैगर सहसचिवमा बालकृष्ण भण्डारी, सहकोषाध्यक्षमा प्रकाश खनाल, सर्जेन्ट एट आर्ममा दिनेश घिमिरे, मुकुन्द ज्ञवाली, ईडिटरमा प्रभा ज्ञवाली, कोर्डिनेटरमा प्रकाश पराजुली र क्लवको मेन्टरमा श्यामबहादुर पुनलाई चयन गरिएको छ ।
क्लवको वेभ मास्टर युवराज ढकाल, क्लव ट्रेनर प्रकाश पौडेल, ईन्फर्मेशन मिडिया अर्जुन पौडेल, हेल्थ कम्युनिटि चेयर प्रभा घिमिरे, हेल्थ कम्युनिटि को–चेयर रामबन्धु अर्याल अंकित, युथ सर्भिस चेयर किशोर गौतम, फेलोसिप चेयर नवराज पगेनी, वुमन ईन रोटरी चेयर शारदा पगेनी, आर आई थिम चेयर ईन्द्र सुनार बोर्डको सदस्यमा मनोनित हुनु भएको छ । त्यस्तै क्लवका पूर्व अध्यक्षहरुलाई सल्लाहकार समितिमा राखिएको छ ।
त्यस अवसरमा असिस्टेन्ट गभर्नर राजकुमार गुप्ता तथा पूर्व अध्यक्षहरु सूर्यकुमार श्रेष्ठ, नेत्र पाठक, धुब्रकुमार धिताल, ईन्द्र सुनार, तारानाथ कँडेलले नयाँ बोर्डलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।