लायन्स क्लव अफ बुटवल लुमिनसले बाल सुधार गृह भैरहवामा जाडोमा प्रयोग हुने कपडा तथा खेलकुदका सामाग्रि प्रदान गरेको छ । बाल सुधार गृहमा आयोजित एक कार्यक्रमका बिच उक्त सामाग्रि क्लवकी अध्यक्ष सविता भण्डारीले आश्रमकी सुभद्रा गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग सामाग्रि हस्तान्तरण गर्दै क्लवकी अध्यक्ष भण्डारीले थोरै भएपनि आवश्यकता पूर्ति होस भन्ने उद्देश्यले बाल सुधार गृहमा सहयोग कार्यक्रम गरिएको बताउनु भयो । त्यस अवसरमा क्लवले आश्रममा आश्रीतको लागि १७ थान ट्रयाक सुट, २ थान कम्बल, २५० थान मास्क तथा एक थान चेस तथा ६ थान पजल क्वीव प्रदान गरेको थियो । सामाग्रि ग्रहण गर्दै बाल सुधार गृहकी सुभद्रा गौतमले संस्थाको बारेमा जानकारी गराउँदै सहयोगी हातहरु प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सहयोग प्रदान कार्यक्रममा असई मनोज कुमार तिवारी, काउन्सिलर अम्बु केसी, रोट्रयाक्ट क्लव अफ भैरहवाकी अध्यक्ष सरिता राना शुभकामना मन्तव्य व्यक्त गुर्नभएको थियो । कार्यक्रम क्लवकी उपाध्यक्ष डा. कस्मिता ढकालको स्वागत तथा सचिव ई. चक्रमणी भट्टराई (आकास)को सञ्चालनमा भएको थियो ।