मंगलबार बुटवलमा भएको सवारी दुर्घटनामा गरि गुल्मी रेसुङ्गाका २० वर्षीय युवाको मृत्यु भएको छ । चौराहाबाट मिलनचोकतर्फ जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाईकललाई लु १ क ३३७० नम्बरको मिक्सचरले पश्चिमाञ्चल फाईनान्स अंगाडी ठक्करबाट घाईते रेसुङ्गा नगरपालिका वडा नं. ४ का मोटरसाईकल चालक २० वर्षीय सरोज भण्डारीको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा निधन भएको हो ।
दुर्घटनामा परि घाईते भण्डारीलाई उपचारको लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल लगेपनि थप उपचारको लागि क्रिमसन अस्पताल रिफर गरिएको थियो । दुर्घटनामा परेको मोटरसाईकल, ठक्करदिने मिक्स्चर तथा मिक्चरचालक प्रहरी नियन्त्रणमा रहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।