नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी : अध्यक्ष बाहेक सबै पदमा निर्बिरोध

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी : अध्यक्ष बाहेक सबै पदमा निर्बिरोध

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष बाहेकका पदमा निर्बिरोध भएको छ । देवदह उद्योग बाणिज्य संघको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका गोपाल ढकालले उम्मेदवारी फिर्ता लिएपछि देउखुरी उद्योग बाणिज्य संघको तर्फबाट उम्मेदवारी दिएका रत्नप्रसाद श्रेष्ठ निर्बिरोध हुनु भएको हो ।
त्यस्तै जिल्ला नगरको तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका नरेन्द्रप्रसाद शर्मा (कोहोलपुर उवासंघ, बाँके)ले उम्मेदवारी फिर्ता लिएपछि कार्यकारिणी सदस्य पदमा पनि निर्बिरोध भएको छ । शर्माको उम्मेदवारी फिर्तासंगै जिल्ला नगर उद्योग बाणिज्य संघबाट ५ कार्यकारिणी सदस्य पदमा ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्रप्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, वर्दिया) निर्बिरोध हुनु भएको हो ।
जिल्ला नगरको तर्फबाट उपाध्यक्ष पदमा रोल्पा उद्योग बाणिज्य संघका बालकृष्ण सुवेदी र एशोसियट तर्फको उपाध्यक्ष पदमा रोहिणी ईन्भेष्टमेन्ट प्राली रोहिणी रुपन्देहीका दिपककुमार पौडेल र २ एशोसियट तर्फको कार्यकारिणी सदस्य पदमा स्वर्गद्वारी मल्टिप्रपोज प्राली सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का यस अगाडी नै निर्बिरोध हुनु भएको थियो ।
अध्यक्ष पदमा भने बुटवल उद्योग बाणिज्य संघको तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग बाणिज्य संघको तर्फबाट कृष्णप्रसाद शर्मा चुनावी मैदानमा हुनुहुन्छ । अब अध्यक्ष पदमा यहि पुसको २५ गते निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा जिल्ला नगर उद्योग बाणिज्य सघबाट ३० र एशोसियट तर्फबाट ११२ मत छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत र एशोसियटको मतभार ३० प्रतिशत रहेको छ ।

Share This
  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares