रुपन्देहीको रोहिणी गाउँपालिकामा दुई वटा मोटरसाईकललाई जीपको ठक्करबाट दुई जनाको ज्यान गएको छ । भैरहवाबाट हुलाकी सडक हुँदै परासी तर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जीपले बिहिबार भैरहवा तर्फ जाँदै गरेका दुई वटा मोटरसाईकललाई एकैपटक ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।
जीपको ठक्करबाट परासी तर्फबाट भैरहवा तर्फ जाँदै गरेको लु ३७ प ६७९८ नम्बरको मोटरसाईकलमा सवार गल्याङ् नगरपालिका खरीपानी स्याङ्जाका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नम्बरको मोटरसाईकलमा सवार रुपन्देहीको देवदह नगरपालिकाका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते अधिकारीको उपचारको क्रममा मेडिकल कलेज र चौधरीको भिम अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि घाईते पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।