संसद विघटन बिरुद्ध बुटवलमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

संसद विघटन बिरुद्ध बुटवलमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

सरकारले प्रतिनीधि सभा विघटन गरेको बिरोधमा बुटवलमा प्रधानमन्त्रीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन भएको छ । प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल समुहका कार्यकर्ताले बुटवलको ट्राफिकचोकमा बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको पुत्ला दहन तथा मजाल जुलुस प्रदर्शनको नेतृत्व अनेरास्ववीयुका केन्द्रीय सदस्य अनुप पोख्रेलले गर्नुभएको थियो । बुटवलमा भएको प्रदर्शनमा प्रचण्ड–माधव पक्षका २/३ सय कार्यकर्ता सहभागि थिए । प्रधानमन्त्रीको संसद विघटनको कदमलाई असंवैधानिक कदम भन्दै प्रधानमन्त्री ओलीको बिरोधमा चर्को नारावाजी समेत गरेका थिए । नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनको बिरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरि बिरोधका कार्यक्रम अंगाडी बढाएको हो ।

Share This
  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares