एकता सहकारीमा मर्जरको निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी

एकता सहकारीमा मर्जरको निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी

रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको बुटवलको एकता वचत तथा ऋण सहकारी संस्थामा मर्जर सम्बन्धि निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न वार्षिक साधारण सभाले एकतामा अन्य सहकारी मर्ज हुन आएमा त्यसको निर्णयको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुक्रप्रसाद बस्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमा साधारण सभाले एकताको मर्म र भावनामा खलल नपुग्ने गरी मर्जरको निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको संस्थाका सचिव विष्णुप्रसाद पौडेलले बताउनु भयो ।
त्यस्तै अंघिल्लो साधारण सभाले गरेको सञ्चालक समिति ९ सदस्यीय बनाउने निर्णय समेत स्वीकृत भएकोले अंघिल्लो अधिवेशनमा उम्मेदवारी दिएका रमेश पाण्डे र गिरिराज पोखरेललाई सञ्चालक समितिको सदस्य बनाउने साधारण सभाले निर्णय लिएको छ ।
अध्यक्ष बस्यालले साधारण सभामा प्रस्तुत गर्नुभएको संस्थाको ४ वर्षीय व्यबसायिक रणनीतिक योजनालाई कार्यान्वयन गर्दै अगाडी बढ्ने, शेयर सदस्यको लागि तालिम गोष्ठि लगायतका कार्यक्रम सञ्चालन गर्ने, शेयर सदस्य सहायता कार्यक्रमलाई निरन्तरता दिने, संस्थालाई योगदान दिने लगायतका पुरस्कारका कार्यक्रमलाई निरन्तरता दिने लगायतका प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । तर यो वर्ष कोरोना भाईरस महामारिका कारण उक्त कार्यक्रम स्थगत गरिएको छ । साधारण सभामा कोषाध्यक्ष बालकृष्ण खरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत पारित भएको छ ।

साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले सहकारीहरुमा मनोमानी बढेका बेला उक्त सहकारीले रणनीतिक योजना तथा त्यसका आधारमा नीति र कार्यविधि समेत बनाई सकेकोले यसमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई नियमन गर्ने कुरामा प्रेदश सरकारले गरेका कामले सहकारीका अभियान्ता सन्तुष्ट हुन नसकेको बताउँदै यसमा सरकार गम्भिर बन्नुपर्ने भनाई राख्नुभयो ।
साधारण सभामा नेप्सकुन रुपन्देहीका फिल्ड ईञ्चार्ज राधा पोखरेल, पूर्व अध्यक्ष तथा सल्लाहकार साबित्रा टण्डन, राजकुमार श्रेष्ठ, सल्लाहकार दिपक पन्थी, अग्रज बुद्धिप्रसाद पाण्डे, सञ्चालक समिति सदस्य कृष्णप्रसाद पौडेल, भवन निर्माण समितिकी सदस्य कमला पौडेल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सञ्चालक समितिका सचिव विष्णुप्रसाद पौडेलले सञ्चालन तथा सदस्य सम्झना श्रेष्ठको स्वागतमा भएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares