नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा बिजयी

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा बिजयी

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सिद्धार्थनगर उद्योग बाणिज्य संघबाट उम्मेदवारी दिनुभएका कृष्णप्रसाद शर्मा बिजयी हुनु भएको छ । शनिबार भैरहवामा सम्पन्न महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा विजयी शर्माले जिल्ला नगर तर्फ २२ र एशोसियट तर्फ ७८ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उहाँका निकटतम प्रतिद्वन्दी बुटवल उद्योग बाणिज्य संघबाट उम्मेदवारी दिनु भएका सुरेन्द्रप्रसाद श्रेष्ठले जिल्ला नगरतर्फ ८ र एशोसियट तर्फ २३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिनुभयो । जिल्ला नगरबाट ३० र एशोसियटबाट ११२ मत रहेको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्ष बाहेका बाँकी पदमा भने यस अंगाडी नै निर्बिरोध भएको थियो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशनबाट दुई उपाध्यक्ष पदमध्ये जिल्ला नगरको तर्फबाट उपाध्यक्ष पदमा रोल्पा उद्योग बाणिज्य संघका बालकृष्ण सुवेदी र एशोसियट तर्फको उपाध्यक्ष पदमा रोहिणी ईन्भेष्टमेन्ट प्राली रोहिणी रुपन्देहीका दिपककुमार पौडेल निर्बिरोध निर्वाचित हुनु भएको थियो ।
त्यस्तै कोषाध्यक्ष पदमा देउखुरी उद्योग बाणिज्य संघको तर्फबाट उम्मेदवारी दिएका रत्नप्रसाद श्रेष्ठ निर्बिरोध हुनु भएको थियो । कार्यकारिणी सदस्य तर्फ जिल्ला नगरबाट ५ सदस्य पदमा ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्रप्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, वर्दिया) तथा दुई एशोसियट सदस्यमा स्वर्गद्वारी मल्टिप्रपोज प्राली सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का यस अगाडी नै निर्बिरोध हुनु भएको थियो ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares