बुटवलमा राजमार्गका घरमा डोजर चल्यो

बुटवलमा राजमार्गका घरमा डोजर चल्यो

बुटवलमा राजमार्गका घरमा डोजर लगाएर भत्काईएको छ । बुटवलको राजमार्ग चौराहा–चिडियाखोला सडक बिस्तारको लागि सडक मापदण्ड विपरितका घरमा डोजर लगाएर भत्काउनको लागि शुक्रबार साँझ सडक बिस्तार आयोजनाले २४ घण्टे अल्टिमेटम लिएको थियो ।
सडक बिस्तारको लागि यस अंगाडी नै आयोजनाले सडकको क्षेत्राधिकारमा बनेका घर खाली गराउन तोकता गरेपनि घरधनीहरु सर्बोच्च अदालत गएकाले रोकिएको थियो । यद्यपी पछिल्लो पटक सर्बोच्चले समेत सडकको पक्षमा फैसला सुनाएपछि सडकको क्षेत्राधिकार भित्र बनेका घर भत्काउन बाटो खुलेको हो । आयोजनाले दिएको २४ घण्टे अल्टिेमटम सकिएलगत्तै आईतबार बिहानै देखि बुटवलको राजमार्गसंगै जोडिएका घरमा डोजर चलाएर भत्काईएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना, वेलहिया–बुटवल सडक, मणिग्रामले बुटवल राजमार्ग चौराहदेखि चिडियाखोला (गोलपार्क चौकी) सम्म सडक बिस्तार गर्न लागेकोले सडक एने २०३१ ले तोकेको सडकको केन्द्रदेखि दायाँ बायाँ दुबैतिर २५ मिटर भित्र रहेका घरमा डोजर चलाईएको सडक बिस्तार आयोनजाले जनाएको छ ।

Share This
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares