सुलभ सहकारीले उद्यमशिलता बिकास गर्न सहुलियत व्याजदरमा ऋण दिने

सुलभ सहकारीले उद्यमशिलता बिकास गर्न सहुलियत व्याजदरमा ऋण दिने

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको सदुपयोग बचत तथा ऋण सहकारी संस्था नबौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शेयर सदस्यहरुको लघुउद्यमशिलता बिकासको लागि सहुलियत व्याजदरमा ऋण प्रदान गर्ने निर्णय लिएको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर टण्डनले प्रस्तुत गर्नुभएको महिला लक्षित आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने, पदाधिकारी तथा कर्मचारीको लागि क्षमता अभिबृद्धि गर्न तालिम सञ्चालन गर्ने, शेयर पुँजीको १० प्रतिशत बोनस वितरण लगायतका प्रस्ताव पारित भएका छन् ।
त्यस्तै कोरोना भाईरस (कोभिड–१९) महामारीको असरलाई मध्येनजर गर्दै व्याजमा ५ प्रतिशत र २०७७ मंसिर महिनासम्मको हर्जना मिनाहा गरिएको अध्यक्ष टण्डनले बताउनु भयो । साधारण सभामा कोषाध्यक्ष प्रकाश चापागाईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक मुकुन्दराज कंडेलले प्रस्तुत गरेको लेखा प्रतिवेदन समेत पारित भएको छ ।
साधारण सभामा पत्रकार खिमानन्द भट्टराई, सल्लाहकार किशोरप्रसाद शर्मा, उपाध्यक्ष गोपाल कार्की, सचिव कमल अर्याल, शेयर सदस्यहरु ढकबहादुर टण्डन, कालिका अधिकारी, भिम पौडेल लगायतले भनाई राख्नुभएको थियो ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares