राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रचण्ड–माधव पक्षका सांसदद्वारा बहिस्कार

572

राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रचण्ड–माधव पक्षका सांसदद्वारा बहिस्कार

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवेशसंगै नेकपा प्रचण्ड–माधव समुहका राष्ट्रिय सभा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् । आज (आईतबार)को राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम तय नभएपनि पछि तय गरिएको थियो । राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको संसद विघटनको कदमको चर्को बिरोध भएको थियो ।
संसद विघटनको विघटनको सर्बत्र आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रिय सभालाई सम्बोधन गर्न राष्ट्रिय सभामा प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । संसद बहिस्कार गर्ने प्रधानमन्त्री बैठकमा प्रवेश गरेपछि त्यहाँ बस्नुको औचित्य नभएको भन्दै नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरु बाहिरिएका हुन् । बैठकको सुरुमै प्रधानमन्त्री ओली सहभागि हुनु भएको थियो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेसंगै यहि पुसको १७ गते शुरु भएको राष्ट्रिय सभा बैठक दश दिनमै सकिएको छ । यस अवधिमा ४ पटक बैठक बसेको थियो । राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको भन्दै त्यसैलाई स्थिरता भएको बताउनु भएको थियो ।