उद्योगी व्यबसायीलाई राजनीतिमा आउन काँग्रेस नेता खाँणको आग्रह

उद्योगी व्यबसायीलाई राजनीतिमा आउन काँग्रेस नेता खाँणको आग्रह

काँग्रेस विघटित प्रतिनीधि सभा, प्रमुख प्रतिपक्षि दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योग धन्दा राम्रोसँग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै उहाँले उद्योगी व्यवसायीहरु पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारण सभा उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “सफल व्यवसायी सफल राजनीतिकर्मी पनि हुन सक्छन, सफल राजनीतिकर्मी धेरै भए देश पनि सफल हुन्छ ।” उद्योगी व्यवसायीहरुलाई आन्दोलनमा नआएपनि राम्रो राजनीतिक व्यवस्थाका लागि भने सहयोग र समर्थन गर्नुपर्नेमा नेता खाँणले जोड दिनुभयो ।
“लोकतन्त्र, विधिको शासन र आमनागरिकको जीवनमा असर पर्दा उद्योगी व्यवसायीले पनि आवाज उठाउनु पर्छ” उहाँले भन्नुभयो ।
पूर्व मन्त्री समेत रहनु भएका काँग्रेस नेता खाँणले दल र नेताहरुले उद्यमीहरुले सम्मान र सहयोग मात्रै हैन गलत गर्न लागेको बेला खवरदारी पनि गर्नुपर्नेमा जोड दिनुभयो । देशमा राजनीतिक अस्थीरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो ।
मुलुकमा खुल्ला अर्थनीति काँग्रेसले नै ल्याएको र त्यही नीतिका आधारमा नीजि क्षेत्र फस्टाउन पाएको चर्चा गर्दै उहाँले ठिक नीति ल्याउनेलाई उद्योगी व्यवसायीहरुले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । जलशक्ति र जनशक्तिमा नेपाल बलियो भएकाले जलशक्तिलाई उपयोग गर्न भिजन लुम्बिनी जस्ता सामुहिक कम्पनीहरुले ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
काँग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामुहिक पुँजी र एकिकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।
कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ । ६ महिना बर्खा र ६ महिना हिउँदमा उत्पादित विद्युत् किन्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । पिपिए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपयाँमा विद्युत् किन्नेछ ।
हालसम्म करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ । नदी प्रवाही प्रकृतिको आयोजनामा ५ मिटर उचाई र १३ मिटर लम्बाईको बाँध निर्माण हुनेछ ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares