कम्युनिष्ट शक्ति देशकै लागि दुर्भाग्य : नेता महर

1.3K

कम्युनिष्ट शक्ति देशकै लागि दुर्भाग्य : नेता महर

काभ्रे । नेपाली काँग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले नेकपाका कारण लामो राजनीतिक संर्घषपछि प्राप्त उपलब्धी संकटमा परेको बताएका छन । ‘अहिलेको अवस्था हेर्दा अदालत सरकारसँग निरीह र अनुग्रही भएको त होइन भन्ने आशंका छ’ नेपाली काँग्रेस नमोबुद्ध नगर समिति को आयोजनामा शनिवार काभ्रेको भकुण्डेबेसीमा भएको बिरोध प्रदर्शन सभा लाई सम्बोधन गर्दै नेता महरले भने– ‘अदालतमा नपुग्नुपर्ने विषय पूगेको छ, यसले चेक एण्ड बेलेन्स मा समस्या हुनसक्छ ।’ र अदालतको को फैसला यथाशीघ्र आऊनु पर्छ ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले मुलुकलाई धु्रविकरणबाट रोक्ने जिम्मेवारी सर्बोच्च अदालतको काँधमा आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुबिकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संबिधानको रक्षा गर्दै ध्रुबिकरणबाट रोक्न सक्ने बताए । महरले भने– ‘सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक धु्रबिकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिदै जान्छ ।’

जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? नेकपाप्रति नै महरले भने– ‘अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।’ कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे ।

उनले भने– कहिले जंगलमा बसेर देशमा ध्वंस मच्चाउने कहिले सत्ता र प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु¥याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै यही देखियो । नेता महरले अहिलेको अवस्थामा कांग्रेसले सुझबुझ नपु¥याए देशले थप क्षति व्यहोर्नुपर्ने र व्यवस्थामाथिको संकट नटर्ने दाबी समेत गरे । प्रमुख अतिथि समेत रहेका महर ले अबको काँग्रेस को संघर्ष वडा हुदै बुथ सम्मका जनता जगाउने खालको हुने बताउनु भयो ।