शितलहरका कारण जनजिवन प्रभावित

1.3K

शितलहरका कारण जनजिवन प्रभावित

तराईका जिल्लामा हुस्सु कुहिरो सहित परेको शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । मौषम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म हल्का हुस्सु कुहिरोको सम्भावना औंल्याएको भएपनि तराईका जिल्लामा शितलहर परेपछि जनजीवन कष्टकर बनेको हो ।
मौषम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको साथै तराईका अधिकांश स्थानहरुमा शितलहर हुस्सु र कुहिरो लागेको छ ।
उच्च हिमाली भुभागका एक दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू–भागहरुमा आकाशमा बादल लागेसंगै राम्रोसंग घाम नलाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू–भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौषम पूर्वानुमान शाखाले अपिल गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू (भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ९ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू– भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा आंशिक बदली रहनेछ ।

माघ १० गते (शनिबार)

दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू(भागहरुमा आंशिक बदली रहनेछ ।
राती : पहाडी भू–भागहरूमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।