बुटवलमा सर्भिसलेनको चौढाई बढाउन सडक डिभिजनलाई ध्यानाकर्षण

1.3K

बुटवलमा सर्भिसलेनको चौढाई बढाउन सडक डिभिजनलाई ध्यानाकर्षण

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवल–वेलहीया व्यबसायिक माग अन्तरगत बिस्तारको काम हुँदै गरेको बुटवलको चौराहा–चिडियाखोला सर्भिस लेनको चौढाई बढाउन सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको छ ।
बुटवल चौराहादेखि वेलहीयासम्म मुल सडकको दुबैतर्फ १९ फिट कायम गरिएकोमा संघले सडक डिभिजनमा ध्यानाकर्षण गराउँदै चौराहा–चिडियाखोलामा डिजाईनमा केही सुधार गरेर न्यूनतम २७ फूट बनाउन आग्रह गरेको हो । चौराहा–वेलहीयामा जस्तै गरेर बन्दैगरेको चौराहा–चिडियाखोलामा पनि १९ फूट कायम गरियो भने व्यबहारिक रुपमा अपूरो र अधुरो हुने औंल्याउँदै सर्भिस लेनलाई न्यूनतम २७ फूट कायम हुँदा व्यापारको बिबिधिकरण र विशिष्टिकरणमा समेत योगदान पुग्ने संघले विश्वास व्यक्त गरेको छ ।
१९ फुट सर्भिस लेनलाई विस्तार गरी २७ फुट कायम गर्दा जमिनको बहुपयोग हुने र थपहुने ८ फुट मध्ये हरियाली पार्कबाट ३ फुट तथा फुटपाथबाट ५ फुट कटाउदा अन्य मापदण्डमा असर समेत नपर्ने महशुस गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।
बुटवल उपमहानगरपालिका, सडक क्षेत्रमा पर्ने वडा कार्यालयहरु तथा नेकपा र नेपाली काँग्रेसलाई समेत बोधार्थ दिईएको ध्यानाकर्षण पत्रमा संघको तर्फबाट गरिएको फिल्ड स्टडी र प्रस्ताव गरिएको मापदण्डको डिटेल समेत प्रदान गरिएको छ ।