संसद विघटन बिरुद्धको प्रदर्शनको लागि काँग्रेस रुपन्देहीमा जिम्मेवारी बाँडफाँड

216

संसद विघटन बिरुद्धको प्रदर्शनको लागि काँग्रेस रुपन्देहीमा जिम्मेवारी बाँडफाँड

नेपाली काँग्रेस रुपन्देहीले अगामी फागुन ३ गते भैरहवामा बृहत प्रर्दशन गर्ने भएको छ । प्रधानमन्त्री के.पी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदम विरुद्ध पार्टीले जिल्लामा बृहत प्रर्दशन गर्ने भएको हो ।
काँग्रेसको केन्द्रिय कार्यसमितीको बैठकले गरेको निर्णय अनुसार फागुन ३ गते ७७ वटै जिल्लामा प्रर्दशन हुन लागेको हो । नेपाली काँग्रेस रुपन्देहीको आइतबार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले फागुन ३ गते गरिने प्रर्दशनका लागि विभिन्न निर्णय गरेको छ ।
बैठकले भैरहवाको बुद्ध चोकबाट विरोध र्याली निकालेर नारायण पथ, मिलन चोक, बैंक रोड, देवकोटा चोक हुदै पुनः बुद्ध चोकमा पुगेर विरोध सभा गर्ने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले समन्वयका लागि जिल्लाको ५ वटै क्षेत्रमा संयोजक तोकेको छ । जसमा क्षेत्र नं. १ को संयोजकमा बासुदेव रिमाल, २ मा कृष्णबहादुर गौतम, ३ मा विष्णु गौतम, ४ विनोद श्रीवास्तव र ५ मा तारा वेल्वासेलाई जिम्मेवारी दिईएको छ ।
यस्तै बैठकले प्रदर्शन सफलतापूर्वक सम्पन्न गर्नका लागि ५ वटा उपसमिती समेत गठन गरेको छ । जिल्ला सभापति अब्दुल रज्जाकको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिती, उपसभापति सरिता चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिती, यातायात व्यवस्थापन समितीको संयोजकमा सचिव रामकृष्ण खाँण, मञ्च व्यवस्थापन समिती संयोजकमा कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, ¥याली व्यवस्थापन समितीको संयोजकमा तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङलाई तोकिएको छ ।